• २०८० फाल्गुन १२ गते शनिवार

रक्तचन्दनको तेलसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं। काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५, पञ्चकुमारी मन्दिरनजिकबाट तेलसहित काठमाडौँको बालाजु बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भएका २७ वर्षीय रामबहादुर खत्री र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बस्ने कास्कीको लेखनाथ घर भएका ४० वर्षीय गंगाबहादुर पुनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस