• २०८१ चैत्र ३ गते सोमवार

फेरि पनि सदन अवरोध गर्ने एमालेको संकेत, ओलीले भने– निस्काशन गरेका व्यक्तिहरु संसदमा आए स्वीकार गर्दैनौं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका छन् । शुक्रबार दोस्रो पटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद चल्न नदिने बताए ।

‘हामीले निस्काशन गरेका व्यक्तिहरु संसद भित्र राखेर कसरी संसद चल्न सक्छ रु,’ ओलीले भने, ‘हामीले निस्काशन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं । सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ।

एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो। ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाए। उनले भने, ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने रु यस्तो अर्कमन्यता लम्बयाउनु हुँदैन भनेर हामीले चाँडै आम चुनावमा जानुपर्छ भनेर भनेका छौं ।

सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। ‘अदालतको हुर्मत लिने काम भइरहेको छ,’ उनले भने, ‘गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।

प्रतिक्रिया दिनुहोस