• २०८१ फाल्गुन ७ गते बुधवार

कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, कैलाली । कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका वडा नं.१ स्थित मनहरा पुल नजिक नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घाइते भएका ती युवकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हो । युवकको पहिचान नखुलेको र गाडी तथा चालकको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रतिक्रिया दिनुहोस