• २०८१ भाद्र २४ गते सोमवार

कांग्रेस अधिवेशनः टोखामा बिमली, नागार्जुनमा गौतम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौँ । नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित हुनुभएको छ । कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी हुनुभएको छ । टोखामा ११ वडा रहेका छन् ।यस्तै, कंँग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजय हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गर्नुभयो । यस्तै, दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ र दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् ।

काठमाडौँका पालिकामा शनिबार पालिका अधिवेशन घोषणा गरेपनि शनिबार दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको छ ।

प्रतिक्रिया दिनुहोस