असोज १७, कलैया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले राष्ट्रियसभाका पूर्वसदस्य विश्वनाथ अग्रवालको ८८ वर्षको उमेरमा भएको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भएको छ ।
विभिन्न रोगबाट थाला पर्नुभएका अग्रवालको शनिबार राति निधन भएको थियो । बाराको सदरमुकाम कलैयामा आज स्व अग्रवालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्राद्धाञ्जलि अर्पण गर्दै नेता रिजालले मुलुकमा प्रजातन्त्र ल्याउन अग्रवालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।सोही पार्टीका केन्द्रीय सदस्यद्वय फरमुल्लाह मंसुर तथा राधेचन्द्र यादव, बारा जिल्ला सभापति जयचन्द्र चौरसिया, संविधानसभा सदस्य शोभाकर पराजुलीलयायतले श्राद्धाञ्जलि दिनुभएको थियो ।