• २०८१ चैत्र २ गते आइतवार

करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १८ दाङ ।  तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगीको करेन्ट लागेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार डाँगीको शुक्रबार बिहान करिब पौने ७ बजे करेन्ट लागेको हो।

घरको कोठामा बत्ती बाल्ने क्रममा डाँगीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। डाँगीको शवलाई अहिले अस्पतालमा राखिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस