असार १९, सुनसरी । सप्तकोशी नदीको वहाव यस वर्षकै उच्च मापन भएको छ । पछिल्लो मापन अनुसार कोशी नदीमा पानीको वहाव २ लाख ३१ हजार ६ सय ५५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भारतीय पक्षलाई बढी ढोका खोल्न आग्रह गरिएको बताउनु भएको छ । वहाँले तटिय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई अर्लट रहन भनिएको जानकारी दिनु भयो । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ ।