असार १९, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख अतिथ्यतामा राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीले कामपा १५ वडा चमतीबाट वृक्षरोपण कार्यक्रम सुभारम्भ गरेको छ । राष्ट्रिय युवा संघ नेपालले ‘देशव्यापी वृृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को शुभारम्भ गरेसगैं काठमाडौमा पनि केन्द्रिय अध्यक्षले उद्घाटन गरि सुभारम्भ गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अथिती एवं राष्ट्रिय युवा संघ नेपाल केन्द्रका अध्यक्ष किरण पौडेलले विगत तीन बर्षसम्म सुस्ताइ रहेको युवा संघ अब एकदमै रफ्तारका साथ अगाडि बढ्ने बताउनु भयो । अब केन्द्रले यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिई युवा संघ सदस्यहरुलाइ परिचालित गराइ जनसमुदायहरुमा युवा संघ छुट्टै पहिचान निर्माण गर्ने बताउनु भयो । अहिलेका युवाहरुलाई राजनितिसंगै रोजगारीमा जोड्दै लानुपर्ने तथा युवाहरुले आफ्नै व्यबसाय गर्ने क्रममा सरकारी कर्मचारीहरुबाट दुख पाइरहेको युवाहरुलाई लागि सहजीकरणको लागि जिल्ला सम्वनय समितिका प्रमुख वैधको ध्यानाकर्षण गर्नुभयो ।अब राष्ट्रिय युवा संघ नेपालले संघको लागि काम गर्ने युवाहरुको मुल्यांकन हुने एवं संघका लागि केहि काम नगर्ने तर नातावाद र कृपाबादले पद ओगटेकाहरुको लागि अब देखि राष्ट्रिय युवा संघ नेपालमा कुनै स्थान नरहने पनि बताउनु भयो । अन्तमा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटी जस्तै अरु वडा पनि सक्रिय बनाउन काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याललाई निर्देशन दिनुका साथै आजको कार्यक्रममा उपस्थित सबै महानुभाबहरुलाइ धन्यवाद ज्ञापन गर्नुभयो ।
जिल्ला सम्वनय समितिका प्रमुख शिव राज वैधले राष्ट्रिय युवा संघ केन्द्रले ल्याएको यो कार्यक्रम एकदमै सर्हानिय रहेको बताउनु भयो। अहिले बढ्दो सहरीकरणले गर्दा प्रकृति विनाश भइरहेको अवस्थामा यस कार्यक्रम भविष्यमा सबैका लागि स्वस्छ बाताबरण निर्माण हुनका साथै राष्ट्रिय युवा संघले खेलेको उल्लेखनीय भुमिकाले जनसमुदायमा नेकपा एमाले पार्टी तथा राष्ट्रिय युवा संघ नेपालको गरिमा उच्च राख्न सफल भएको छ । उहाँले राष्ट्रिय युवा संघ नेपाललाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उक्त कार्यक्रममा संघका अध्यक्ष पौडेल, जिल्ला समन्वयका सभापती बैधका साथै नेकपा एमाले क्षेत्र नं ८ का सचिव उदय पसखल, राष्ट्रिय युवा संघका उपाध्यक्ष क्षितिज थेवे, सचिव महाराज गुरुङ, राष्ट्रिय युवा संघका सचिव एवं बागमती प्रदेशका प्रमुख प्रकाश गौतम, राष्ट्रिय युवा संघका स्थायी कमिटीका सदस्यहरु शिव कुमार महर्जन ,पेम्बा घले, कुबेर अधिकारी, राजेश राई, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष अर्याल, नेकपा एमाले क्षेत्र नं ८ का सदस्य शंकर केसी, नेकपा एमाले क्षेत्र नं ८ का कार्यालय सचिव आनन्दराम गौतम ,नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, महानगर कमिटीका सदस्यहरु लक्ष्मण शाही, उद्दव खड्गी, सानू रत्न फुबरे, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यहरु सुरेन्द्र थापा, निसार उद्दिन लगायत राष्ट्रिय युवा संघ केन्द्र एवं काठमाडौं जिल्लाका विभिन्न क्षेत्रका युवा नेताहरुको उपस्तिथि रहेको थियो ।
https://khabar24nepal.com/07/02/2021/77064