• २०८१ असार ३ गते आइतवार

कोरोना कहर : ७५ जना अपांङ्गता लाई राहत सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार १९ मुगु । हिमाली जिल्ला मुगुका कोरोना प्रभावित अपांगता भएका ब्यक्ति लाई शनिवार एक कार्यक्रमका बिच खाद्यान्न राहत सहयोग गरिएको छ । युनाईटेड मिसन टु नेपाल मुगु कलष्टरको आर्थिक सहयोग र अपांङ्गता पुर्नस्थापना तथा ग्रामिण विकाु संस्था डार्डो नेपालको साझेदारीमा ५१ जना उपचारत बालवालिका र २४ जना गरि जिल्लाका ७५ जना अपांङ्गता भएका ब्यक्ति लाई राहत वितरण गरिएको हो ।

समुदायमा आधारित एकिकृत बाल्यकालिन अपांङ्गता संवाहक कार्यक्रम (क्याड) अन्तर्गत कोभिड १९ का प्रभावमा परेका उपचारत बालवालिकाहरु लाई र ब्यक्ति तथा घर परिवार लाई कोभिड विरुद्धको ब्यवस्थापनमा केही राहत होस भनि खाद्यान्न सहित स्टेसनरीका सामग्रीहरु पनि वितरण गरेको जनाईएको छ । राहत वितरणमा ३० केजि चामल, २ केजि नुन, ४ पोका तेल, २ केजि चिनि, सेनिटाईजर १ बोतल, सर्जिकल मास्क, लुगा र हात धुने सावुन, कापि १ दर्जन लगायत अन्य स्टेसनरीका सामग्री वितरण गरिएको युनाईटेड मिसन टु नेपाल मुगु कलष्टरका शिक्षा अधिकृत रञ्जु राईले बताईन । राहत सहयोगमा १२ प्रकारका खाद्यान्न तथा स्टेनरीका सामन वितरण गरेको बताईन ।

आर्थिक अवस्था न्युन भएका दलित , गरिब , विपन्न , परिवार लाई पहिचान गरि जिल्लाका चार वटै स्थानीय तहका अपांङ्गता भएका ७५ जना ब्यक्ति लाई खाद्यान्न राहत वितरण गरिएको डार्डो नेपालका कार्यक्रम संयोजक धिरेन्द्र भामले बताए । डार्डो नेपालका अध्यक्ष सक्क बहादुर बुढाका अनुसार कोरोनाले थला परेका मजदुरीहरुको मुठी बन्द भएका अपांङ्गता लाई र विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ बाट प्रभावित भएका र निषेधज्ञाले छाक टार्न समस्यामा परेका अपांङ्गता लाई केही राहत होस भनि घाउमा मलम लगाउने प्रयास गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस