• २०८१ असोज १९ गते शनिवार

अनधिकृत व्यक्तिले पार्टीको बैठक बोलाएकोप्रति गम्भिर ध्यानाकर्षण : एमाले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २०, काठमाडौं । नेकपा एमालेले पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको बैठक बोलाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले विज्ञप्ती जारी गदैं अनधिकृत व्यक्तिले पार्टीको बैठक बोलाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बिहीबार एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले प्रेस वक्तव्य जारी गर्दै अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको सुन्नमा आएको र त्यस्तो क्रियाकलापको निन्दा एवम् भत्र्सना गरिएको उल्लेख गरिएको छ ।

उहाँले भन्नुभएको छ, “अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा ९एमाले०को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”

प्रतिक्रिया दिनुहोस