बैशाख २०, बाँके । बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।