• २०८१ चैत्र १२ गते बुधवार

प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई साझा उमेद्वार बनाउने निर्णय

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, दाङ । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । यही चैत्र २५ गते हुने पत्रकार महासंघ दाङको निर्वाचनमा अध्यक्ष पदमा दुई संगठनले आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो ।

आचार्यले यस अघि पत्रकार महासंघ दाङको उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकको सम्पादक रहनुभएकी आचार्यलाई केन्द्रको तालमेल अनुसार दुई संगठनले अध्यक्षको उमेद्वार बनाएको हो ।

अब अध्यक्ष पदमा आचार्य र प्रेस चौतारीका उमेद्वार दुर्गालाल केसी विच प्रतिस्पर्धा हुने छ । चुनाबका लागि आईतवार उमेद्वारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस