• २०८१ फाल्गुन ७ गते बुधवार

ट्रक, कार र मोटरसाइकल एक आपसमा जुध्दा दुईजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १९, झापा । झापाको कनकाई नगरपालिका ३ सुरुंगामा बुधवार भएको सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । कन्काइ ३ कोटीहोमा ट्रक, कार र मोटरसाइकल एक आपसमा जुध्दा कारमा चालक सहित दुईजनाको मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रदेश १, ००१ च ०१६७ नम्बरको कार, प्रदेश १, ०१३ प १७८३ नम्बरको मोटरसाईकल र विपरित दिशा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ क १६८४ नम्बरको मालवाहक ट्रक एक आपसमा जुध्दा कारमा सवार सोलुखुम्बु जिल्ला पासाडल्यामु गाउँपालिका १ बस्ने बर्ष ३३ दिलिप रानामगर र धरान नगरपालिका १६ का बर्ष २६ का दिपक क्षेत्रीको निधन भएको छ ।

दुर्घटनामा परी ६ जना घाईते बनेका छन् । घाइते हुनेमा सोलुखुम्बु पासाडल्यामु १ का बर्ष २७ का अन्जु मगर, बर्ष ३३ का सुरेश मगर, सुनसारी इटहरी ४ का बर्ष ३६ का समिर रानामगर, शिवसताक्षी २ का बर्ष ३९ का यामबहादुर श्रेष्ठ, सोही स्थानकी बर्ष ३१ का सनम श्रेष्ठ रहेका छन् । घाइते सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा परेका सबै सवारीलाई ईलाका प्रहरी कार्यालय सुरुंगामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस