माघ २१, काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल अन्तरगत सात दोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलामा बिहान साढे ११ बजे त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका उदयपुर खेल्ने छन् ।
आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । दोश्रो खेल दिउँसो साढे दुई बजे हुनेछ । आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ भने चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा छ । अंक तालिकामा एपीएफ क्लब शीर्ष स्थानमा छ । यस्तै, पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ भने विराटनगर ७ अंकका साथ पाँचौं स्थानमा छ ।