• २०८१ मङ्सिर २४ गते सोमवार

नियम मिच्ने जो कोहीलाई पनि कार्वाही हुन्छ : ट्राफिक प्रमुख जिसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम बिपरित सवारी शाधन चलाउने जो कोहीलाई पनि कार्वाही गर्न निर्देशन दिनुभएको छ । धेरै पटक वडा प्रहरी कार्यालय घोराहीको सहयोगमा जनचेतना अभियान चलाएको दाङ जिल्ला ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गरि चल्ने सवारी शाधन हरुलाई कार्वाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीले गलत साईट चलाउनाले दुर्घटना बढेकाले अभियान थालिएको बताए । दाङ जिल्लाको विभिन्न स्थानहरुमा आज भोलि नेपाल प्रहरी र ट्राफिक प्रहरीले सयुत्त रूपमा छ्ड्के चेकजाँच गर्ने गरेको छन । दाङको सडक खन्ड हरुमा उल्टो दिशा बाट सवारी शाधन चलाएको कारण दुर्घटना बढी हुने गरेको र दाङको सडक जिर्न हुँदा बढी दुर्घटना हुने गरेको सम्बन्धि निकाए सडक बिभाग दाङले बेवास्ता गर्दा पटक पटक ट्राफिक प्रहरी आफै सडकमा खटेर मर्मत गर्ने गरेको पनि छ ।दुर्घटना नियुनीकरण गर्न हामी सबै जनता लाग्नु पर्ने दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस