• २०८१ असोज २४ गते बिहिवार

प्रचण्ड–नेपाल समूहमा फेरी गयो पहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहमा रहेका सुदूरपश्चिम प्रदेशसभाका ६ जना सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन ।

उनीहरूले शनिबार प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरी आफूहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नेतृत्वको नेकपा संस्थापनतिर रहेको प्रमाण दिएका हुन ।

प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन । बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ । बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको मुख्यमन्त्री भट्ट पक्षले दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस