• २०८१ चैत्र ३ गते सोमवार

भारतले तीन करोडलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, एजेन्सी । भारत सरकारले झण्डै तीन करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका लगायत तीन करोड मानिसलाई खोप लगाउने बताए ।

भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । भारतले खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारेको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै एक लाख जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया ९डीसीजीआईले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर, आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।

डीसीजीआइको विषय विशेषज्ञ समितिको बैठकले स्वदेशी सङ्क्रमित बिरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न दिल्लीमा बैठकको आयोजना गरिएको थियो । कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च(आईसीएमआर) को सहकार्यमा भारतीय बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित कोरोनाभाइरसविरुद्धको खोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस