• २०८१ चैत्र १ गते शनिवार

पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, हेफेई । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस