• २०८१ मङ्सिर २३ गते आइतवार

राप्रपा महाधिवेशन : अध्यक्षबाहेकको निर्वाचन भोटिङ मेसिनबाट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६,काठमाडौं । काठमाडौँमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ । बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा मेसिन प्रयोग गरिन लागेको हो ।अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको औपचारिक उम्मेदवारी घोषणा भएको छ ।

महाधिवेशन सुरू भएको दोस्रो दिन भइसक्दा पनि प्रतिनिधिको टुंगो लागिसकेको छैन ।शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि बसेर महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने प्रयास भइरहेको नेता केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस