• २०८१ साउन ३ गते बिहिवार

७ दिनमै ढाल्न सक्छौँ सरकार तर हामी चाहन्नौँ, निर्वाचनमा ५ दललाई ‘धोबी-चुटाइ’ गर्नु छ : ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौं । नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ७ दिनमा ढाल्न सक्ने आफूहरुमा खुवी रहेको तर त्यो नचाहने दावी गरेका छन् । साथै उनले ५ दलीय गठबन्धनलाई आगामी निर्वाचन ‘धोबी(चुटाइ’ गरेर पछार्ने तयारी भइरहेको पनि बताए ।

चितवन भ्रमणमा रहेका अध्यक्ष ओलीले भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशन उद्घाटन गर्दै चाहे ७ दिनमै सरकार ढाल्नसक्ने बताए । कार्यक्रममा उने भने, ‘यो सरकार सात दिनमा ढाल्न सक्छौँ । तर, अहिले ढाल्ने चाहना छैन । हामीलाई सरकार ढाल्ने हतारो छैन ।’ उनले सरकार ढालेर समय विताउनु भन्दा आगामी निर्वाचनको तयारी गर्नु प्रमुख भएको बताए ।

उनले भने, ‘हामीले चाह्यौँ भने सरकार ७ दिनमै डल्छ । तर हामी सरकार ढालेर समय खेरा फाल्दैनौँ । हामीलाई आगामी निर्वाचनको तयारी गर्नु प्रमुख हो । हामीले पाँच दलिय गठबन्धनलाई धोवीले लुगा पछारेझैँ पछार्नु छ।

प्रतिक्रिया दिनुहोस