• २०८१ फाल्गुन ७ गते बुधवार

थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५९६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १३ सय ९१ जना र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ जना निको भएर घर फर्किएका छन् ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३४ संक्रमितको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस