• २०८१ असार ३ गते आइतवार

दाङ प्रहरीले १३ वटा चोरीका मोटरसाइकल सहित ८ जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार १८,दाङ । प्रहरीले चोरीमा संलग्न एक भारतीय नागरिक सहित ८ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज उनीहरुलाई सार्बजनिक गरेको हो ।

प्रमुख एसपि सुरेश काफ्लेले मोटरसाइकल चोरी भएर नागरिक पिडित भएको गुनासो आउनासाथ आफुले गम्भिरतापुर्बक अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई सफलला मिलेको बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय दाङबाट सइ युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरिको मोटरसाइकल सहितको गिरोहलाई समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो ।

चोरीको मोटरसाइकलको गिरोहमा ग्यारेजमा काम गर्ने पनि रहेको अनुसन्धानको क्रममा खुलेको छ । चोरीका मोटरसाइकलमा उनीहरुले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस