• २०८१ भाद्र २४ गते सोमवार

एमालेको स्थायी कमिटी बैठक ४ बजे बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा चार बजेलाई बैठक बोलाइएको छ ।

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले लगभग एकता टरिसकेको निश्कर्ष निकालेको ओली पक्षले एकताका लागि भन्दै अन्तिम समयसम्म पहल गर्ने मंगलबारको बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस