बैशाख १९ मुगु । पछिल्लो समय मुगुका एक युवक तरकारी खेतिसँगै कुखुरा पालनमा रमाउन थालेका छन् । छायानाथ रारा नगरपालिका वडा नं ५ कार्कीवाडाका एक युवा बालचन्द्र कार्की तरकारी खेति सँगै कुखुरा पालनमा रमाउन थालेका हुन ।
विगत ४ वर्ष देखि तरकारी खेति गर्दे आईरहेका बुढा अहिले पनि तरकारी खेतिमै रमाउन थालेका हुन । रोजगारीको मुहार देखेका ति युवा तरकारी खेतिमै ब्यस्त देखिएका छन् । उच्च तह अध्ययन गरेका उनी पढाई लाई थाति राख्दै कृषि क्षेत्रमा होमिएका छन् । ७ रोपनी जग्गामा तरकारी खेति गरेका उनी अहिले विहान बेलुका उनको दिन खेतवारीमै बित्ने गरेको छ भने तरकारी , कुखुरा सँगै खेल्ने गरेका छन् ।
बाह्रै महिना उत्पादन हुने दर्जनौ प्रकारका तरकारी उत्पादन गर्दे अहिले उनी लाखौको मालिक पनि बनिसकेका छन् । अहिले उनलाई एक पटक पनि फुर्सद छैन । तरकारी बजारीकरण देखि भण्डारण सम्म प िगरेका छन् । उनी भन्छन् यसै तरकारी खेति बाट दिनमा १ हजार ५ सय देखि २ हजार सम्म आम्दानि हुने गरेको बताए । पर पुर्वाकाल देखिनै आफ्ना बुवा बाजेको पाला देखिनै तरकारी खे ितगर्दे आईरहेका थिए । अहिले पनि सोही कर्मलाई अंगाली रहेको जानकारी दिए । घरमा जहान परिवार छ त्यो परिवार लाई खान लागउन पढाउन यसै बाट धानि रहेको उनको जिकिर रहेको छ । सदरमुकाम गमगढी बजारको छेउमा आर के कृषि फर्म सञ्चालन गरेका युवा भन्छन् जम्मा ७ रोपनिको खेतवारीमा तरकारी खेति गर्दे आईरहेको छु । १२ महिना भरि उत्पादन हुने तरकारी आलु , प्याज , काउली , फुल काउली , फर्सि , लगायतका दर्जानौ प्रकारका तरकारी खेति गरि उत्पादनमा उत्तिकै फड्को मारको जानकारी दिए ।
उच्च तह सम्म अध्यायन गरेका बुढा पढाई लाई खाति राखि तरकारी खेति बाट रोजगारीो मुहार देखेका उनी पढाई भन्दा पनि कृषि लाई बढि प्राथमिकता दिएको बताए । पछिल्लो समय रोजागरीको मुहार बाट टाढा रहेका यहाका युवा कुनै पनि रोजगार नपाई भौतारिने गरेका छन् । तर सफल युवा कृषक बुढा घरमै रोजगारीको मुहार देखे पछि तरकारी खेतिमै ब्यस्त रहेको जानकारी दिए । तरकारी खेतिको उत्पादन सञ्चालन गरे पछि मासिक रुपमा ४५ हजार देखि ५० हजार सम्म आम्दानि हुने गरेको बताए । तरकारी खेतिमा बालचन्द्र मात्र होईनन उनका भाउजु र ६० कटेका वुवा पनि तरकारी बारीमै गुडिमुडि गरि रहेका छन् । कृषक बुढाका परिवार लाई अन्य काम भन्दा तरकारी बारीमै दिन बिताउने गरेका छन् ।
तरकारी पेशामा रुमालिएकि बुढाकि भाउजु सर्मिला कार्की विहान बेलुका डोको नाम्लो सँगै गमगढी बजार धाउने गरेकि छन् । कर्णालीका जिल्लामा उत्पादन हुने रैथाने बालि कोदो , फापर , जौ , गँहु खेति भन्दा तरकारी खेति गर्न उपयुक्त ठानेरनै तरकारी खेति गरेको उहाकि भाउजु सर्मिला कार्कीको भनाई छ । पर पुर्वाकाल देखिनै आफ्ना बुवा बाजेको पाला देखिनै तरकारी खेति गर्दे आईरहेका छन् । अहिले पनि सोही कर्मलाई अंगाली रहेको जानकारी दिएका छन् । विगत १५ वर्ष देखि तरकारी खेति गर्दे आईरहेका अहिले ७४ वर्ष पुगेका वृद्ध रतन बहादुर कार्की अहिले पनि काउली , प्याज , फलफुल सँग रमाई रहेका छन् । उनी भन्छन् पहिला देखिनै तरकारी खेति गर्दे आईरहेका छौ अहिले पनि बावुको कर्मलाई नछोडेर छोराले पनि तरकारी खेतिमै बसिरहेको वृद्ध कार्कीको भनाई रहेको छ ।
जिल्लामा रहेका युवा, महिला, वृद्धवृद्धाहरु लाई कृषि क्षेत्रमा फड्को मार्ने कृषकहरु लाई कृषि विकास कार्यालय मुगुले विभिन्न प्रकारका अनुदानका कार्यक्रम पनि ल्याएको छ । सो कार्यालयले कृषि कर्ममा रुमालिने कृषकहरु लाई प्रोत्साहनका कार्यक्रम सँगै अन्य विभिन्न प्रकारका रोजगार मुलक कार्यक्रमको थालनी गरेको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल बहादुर सुनारले बताए । रोजगारी पाउनको लागि उच्च तह सम्म अध्यायन गरेका युवाहरु यहाका स्थानीय सरकारले वास्ता नगर्दा हातमा लड्डु समाए जस्तै बस्नु परेको छ । युवाहरु लाई प्रोत्सहान गर्न , सिप मुलक कार्यक्रम , ब्यवासािय जस्ता कार्यक्रम स्थानीय सकारले ल्याउन आवश्यक रहेको छ । बुढाको फर्ममा अहिले १ सय वटा कुुखुरा रहेका छन् भने ६ वटा हाँस पनि पालिरहेका छन् ।