बैशाख १९, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित बर्षा भएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ। यस्तै राती राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
महाशाखाले देश पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैलाई अनुरोध गरेको छ।