माघ २०, काठमाडौँ। माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन हुने भएको हो ।
आगामी शुक्रबारदेखि नै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
उक्त सेयर निष्कासन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर-एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ ।