• २०८२ बैशाख ५ गते शुक्रवार

नेकपा काठमाडौं क्षेत्र नं. ७ को भेला सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को काठमाडौं क्षेत्र नम्वर ७ काे क्षेत्रीय कार्यकर्ता भेला खानेपानी मन्त्री तथा स्थायी कमिटी सदस्य मणि थापाकाे प्रमुख आतिथ्यतामामा सम्पन्न भएको छ । कार्यक्रममा शहरी बिकास राज्यमन्त्री रामबीर मानन्धरको सभापतित्वमा सम्पन्न भएको हो ।

सासा बैंकिट,नयाँबजारमा सम्पन्न भेलामा पार्टी विशेष अतिथि केन्द्रिय सदस्य काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ, केन्द्रिय सदस्य न्हुछेकाजि महर्जन, केन्द्रिय सदस्य निर्मल देउला, केन्द्रिय सदस्य तथा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, केन्द्रिय सदस्य तथा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, केन्द्रिय सदस्य श्याम घिमिरे लगायतकाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन काठमाडौं जिल्ला सदस्य बिश्वराम सापकोटाले गर्नुभएको थियो । काठमाडौं जिल्ला सदस्य सिताराम रेग्मीले स्वागत मनतब्य गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस