• २०८१ चैत्र १ गते शनिवार

एक्लियो प्रचण्ड-नेपाल समूह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौँ । विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ ।कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो ।

सो पार्टीका एक नेताका अनुसार कांग्रेसले सुरुमा संयुक्त आन्दोलनका लागि ‘ग्रिन सिग्नल’ दिएको थियो । यो सँगै अबका दिनमा प्रचण्ड–माधव समुहको आन्दोलन नेपाली जनताको नभई आफ्नो पद र कुर्सीको स्वार्थको लागि मात्र हो भन्ने प्रष्टिदै गएको छ ।

पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो । तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा प्रचण्ड–नेपाल समूह लागेको हो । २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस