• २०८१ चैत्र १ गते शनिवार

यसपालिको भाइटीकाको उत्तम साइत २० गते बिहान ११ बजेर २ मिनेटमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १५, काठमाण्डौ ।यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्नेछ ।

शास्त्रका अनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ । पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस