• २०८१ मङ्सिर २३ गते आइतवार

३ वर्षपछि भेटे मुगुका ५ बालिकाले घर परिवार

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १५, मुगु । मुगुबाट राम्रो शिक्षाको लोभमा काठमाडौँमा लगिएका ५ बालिकाले ३ वर्षपछि घरपरिवारसंग पुर्नमिलन भएको छ । विभिन्न वस्तिबाट राम्रो शिक्षाको लागि काठमाडौँको एक संस्थामा पुगको बालबालिकाको ३ वर्षपछि पुर्नमिलन भएको हो ।

कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई काठमाडाँैमा रहेका जेवी फाउन्डेसन नेपाल नामक सस्थाले कक्षा १ देखि १२ सम्म पढाउने सर्तमा काठमाडौँ पुर्याएको थियो । संस्थाको आर्थिक अवस्था नै कमजोर भएपछि बालबालिकाहरुलाई संस्थाबाट उद्धार गरी परिवारमा पुनःमिलन गराइएको हो ।

परिवारसँग ३ वर्षपछि पुर्नमिलन हुनेमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ उमिला बि।क, धनलाल बि।क, कमलदेबी बुढा, बबिता बुढा र सोरु गाँउपालिका वडा नम्बर ८ गिलाह गाँउकी सबिता शाही रहेका छन् । उनीहरुलाई काठमाडौमा रहेको जेबि फाउन्डेसन नेपाल नाक संस्थाले अध्ययनको लागि ल्याएको थियो । तर पछिल्लो समय संस्थालाई सहयोग गर्दै आएका विदेशी नारिकले छाडेसंगै संकट आएको र संस्थामा रहेका बालबालिकाको परिवारसंग पुर्नमिलन हुन सकेको थिएन । बालिकाहरुलाई परिवारसंग पुर्नमिलन गराउनको लागि राष्ट्रिय बाल अधिकार परिषदबाट उदार गरेको हो ।

उद्दार गरेको बालिकाहरुलाई बिहीबार भएका बालिकाहरुलाई आज जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी, नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल, नेपाल पत्रकार महासंघ मुगु शाखाका उपाध्क्षय दान बहादुर बुढाको रोहोवरमा आफन्तसँग पुर्नमिलन गराएको हो ।
पहिला पहिला फाउण्डेसनमा ठिकै थियो पछिल्लो समयमा बिदेशी व्यक्तिले छोडेर गएपछि संस्थामा समस्या भयो घरपरिवार संग पूर्नमिलन भएकी उर्मिला बिकले भनिन् ।

बालिकाहरुआफन्तको सहयोगमा राम्रो शिक्षाका लागि ३ बर्ष पहिले काठमाडौँमा रहेको उक्त संस्थामा पुगका हुन् । शिक्षा, खानपिन समेत राम्रो हुने भन्ने सुने आफ्नो बच्चालाई काठमाडौँ पठाएको अभिभावकले बताए। गत बर्षमा पनि काठमाडौका बिभिन्न फाउण्डेसन बाट मुगु जिल्लाका १० बटा बालबालिकाहरुको घरमा पुर्नमिनल गराएको थियार यो बर्ष अहिले ५ जना नानिलाई आज घर परिवारलाई पुर्न मिलन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईरालाले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईरालाका अनुसार जिल्लामा गरिबी आर्थिक अभाव, अशिक्षाको कारण केही ब्यक्तिहरुको बिभिन्न प्रलोभनमा पार्दै मुगुका केही बालबालिकाहरु घर परिवार टाढा भएका छन् ।

प्रतिक्रिया दिनुहोस