• २०८१ बैशाख ६ गते बिहिवार

मध्यराति एक्कासि बिजुली गएपछि पाकिस्तानभरि पूरै अन्धकार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २६, एजेन्सी। देशव्यापीरुपमा ठूलो ‘पावर कट’ भएपछि पाकिस्तान शनिबार मध्यरातदेखि अन्धकारमय बनेको छ । खबरका अनुसार अहिले केही क्षेत्रहरुमा बिजुली विस्तारै पुनः सुचारु गरिएको छ ।

यस्तोमा सरकारी अधिकारीहरुले सबैलाई शान्त रहन अनुरोध गरेका छन् । तर, पूर्णरुपमा बिजुली आउन धेरै घण्टा लाग्न सक्ने चेतावनी दिएका छन् । बत्ती जानु पाकिस्तानमा नयाँ कुरा भने होइन । प्रायः अस्पतालहरुले यसैका कारण ‘ब्याक अप’स्वरुप डिजेलबाट चल्ने जेनेरेटर राख्ने गरेका छन् ।

यसबारे पाकिस्तानका ऊर्जामन्त्री ओमार आयुब खानले ट्वीटरमार्फत् आइतबार बिहान लेखेका छन्, “पावर ट्रान्समिसन प्रणालीमा समस्या आएका कारण देशव्यापीरुपमा बत्ती गएको हो । इस्लामावाद, लाहोर, कराचीसहित सबै प्रमुख सहरहरु यसबाट प्रभावित भएको बताइएको छ । यसको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको पनि खानले बताए ।

यस किसिमका घटनाका कारण विगतमा पनि मानिसहरु सडकमा प्रदर्शन गर्न बाध्य बनेका थिए । सन् २०१३ मा पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्तमा एक प्राविधिक समस्या आएपछि राष्ट्रियस्तरमै बिजुलीको नेटवर्क पूर्णरुपमा काम नगर्ने भएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस