• २०८१ चैत्र १२ गते बुधवार

नियन्त्रित लागूऔषध सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । प्रहरीले नियन्त्रित लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्रोजन सहित सुनसरी ईश्‍वरपुर नगरपालिका-१ बस्ने २४ वर्षीय कृष्ण ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८४९३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार ठाकुरलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस