• २०८१ फाल्गुन ७ गते बुधवार

बाँके प्रहरीद्वारा अवैध सामाग्री ३ लाख बढीको पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

 भदौ १६,बाँके । जिल्ला प्रहरी बाँकेले ठुलो परिमाणमा भारतबाट ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट प्रसनि बिबेक अधिकारीसहित खटिएको टोलीले गएराती ९ बजे नेपालगन्ज १५ स्थित हड्डी चोक हुँदै बाबू गाउँ तर्फ ल्याउदै गरिएका ३ लाख रुपैयाँ बढीको अवैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी बाँकेका अनुसार बरामदी सामाग्रीहरुमा लेडिज कुर्ता, जेन्स कपडा, मोटरसाइकलका पाटपुर्जा, इलेक्टि्रकल सामाग्री , चिनी लगायतका अन्य थुप्रै अवैध सामाग्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले अवैध तस्करीविरुद्ध खरो रुपमा उत्रन निर्देशन दिदै आएका छन् ।

एसपीको कडा निर्देशनले तस्करी निस्तेज पार्ने उदेश्यका साथ अहिले बाँके प्रहरीले तस्करहरुको मनोबल घटाउदै धमाधम अवैध सामाग्री बरामद गर्दै आएको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस