• २०८१ साउन ३ गते बिहिवार

कर्णाली प्रदेशमा भ्रष्टाचार मौलाउदैं, मुगुका स्थानीय तहमा परे ४५ वटा उजुरीका मुद्धा

खड्क सुनार पढ्न लाग्ने समय : ५ मिनेट

साउन १७, मुगु । कर्णाली प्रदेश सरकारविरुद्ध र यहाका स्थानीय तहमा भ्रष्टचारका उजुरी ब्यापक रुपमा परेका छन् । प्रदेश सरकारमा तीन सय बढी र ६ सय २७ वटा स्थानीय तहका भ्रष्टचारका उजुरी परेका हुन ।

आर्थिक बर्ष २०७७÷०७८ मा प्रदेश सरकार विरुद्ध तीनसय पाँच वटा भ्रष्टाचारका उजुरी परेका हुन् । उजुरीमध्ये प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मातहतका कार्यालय विरुद्ध मात्रै एकसय १४ वटा उजुरी परेका हुन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय विरुद्ध ८३ वटा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विरुद्ध ६३ वटा, सामाजिक विकास मन्त्रालय विरुद्ध ४५ वटा र मुख्यमन्त्री कार्यालय विरुद्ध एउटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

कुल उजुरीमध्ये एकसय ४८ वटा मात्रै फछ्र्याेट भएका छन् । बाँकी एकसय एकसय ५८ वटा उजुरी छानविनकै क्रममा रहेको अख्तियार सुर्खेतका सूचना अधिकारी रमेश गौतमले जानकारी दिए । भ्रष्टाचारका उजुरीहरु प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालय विरुद्ध परेका हुन् । पछिल्लो एक बर्षमा कर्णाली प्रदेश भर १२ सयभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा कुल एक हजार दुईसय २० वटा उजुरी परेका छन् । उजुरीमध्ये आधा भन्दा कम अर्थात पाँचसय ७१ वटा उजुरी मात्रै छानविन भएका छन् । बाँकी ६ सय ४९ वटा उजुरी भने छानविनकै क्रममा छन् ।

कुन जिल्लाबाट कति उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार सुर्खेत जिल्लाबाट सबै भन्दाबढी अर्थात दुईसय ६४ वटा भ्रष्टाचारका उजुरी परेका हुन् । यो मध्ये हिमाली जिल्ला मुगुमा ९६ वटा उजुरी परेका छन् । त्यस्तै दैलेखमा दुईसय १४ वटा, कालीकोट एकसय ३८ वटा, जाजरकोटका १ सय १७ वटा, र हुम्लामा एकसय आठवटा उजुरी परेको छन् । जुम्ला ९४ वटा, सल्यानका ८१ वटा, रुकुम पश्चिमका ५८ वटा र डोल्पाका ४९ वटा उजुरी परेको अख्तियारका सूचना अधिकारी गौतमले बताए ।

त्यस्तै कर्णाली प्रदेशबाहिर अर्थात रुकुमपूर्वकोसमेत एउटा उजुरी अख्तियारमा परेको छ । तथ्याङ्क अनुसार सुर्खेतका एकसय १९, दैलेखका एकसय १५, कालीकोटका ७३, हुम्ला र मुगुका ७२–७२, जुम्लाका ५०, सल्यानका ३०, रुकुपश्चिमका ३१ र डोल्पाका २९ वटा उजुरी छानविनको क्रममै छन् । कर्णालीमा बढि मात्रा भ्रष्टाचारका उजुरी रहेका छन् भने बढि मात्रा स्थानीय तहको उजुरी पर्ने परेको जनाईएको छ । प्रदेश भर ६ सय २७ वटा उजुरी परेका हुन ।

कुन स्थानीय तहमा कति उजुरी

मुगु
छायानाथ रारा नगपालिकामा २३ वटा उजुरी परेका छन् भने ९ वटा फच्र्योट भएको र १४ वटा बाँकि रहेका छन् । त्यस्तै सोरु गाउपालिकामा जम्मा १८ वटा उजुरी रहेका छन भने ११ वटा फच्र्योट भएका छन् भने ७ वटा बाँकि छन ।

खत्याड गाउँपालिकामा ४ वटा उजुरी रहेका छन् फच्र्योट शुन्य र बाँकि पनि ४ वटै रहेको अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालय सुर्खेतका शाखा अधिकृत मेघनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार जिल्लाका अन्य स्थानीय तह भन्दा मुगुम कार्मारोंङ्ग गाउपालिकाको कुनै पनि उजुरी नपरेको बताए । र उजुरीमा शुन्य गाउपालिका रहेको सापकोटाको भनाई छ ।

डोल्पा
डोल्पाको ठूलोभेरी नगरपालिका विरुद्ध सात वटा, त्रिपुरा नगरपालिका विरुद्ध नौ वटा, शे–फोक्सुण्डा गाउँपालिका विरुद्ध एक, जगदुल्ला गाउँपालिका विरुद्ध तीन र मुड्केचुला गाउँपालिका विरुद्ध ६ वटा उजुरी परेका छन् ।

जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिका विरुद्ध १३ वटा, कनका सुन्दरी गाउँपालिका विरुद्ध ४ वटा, सिंजा गाउँपालिका विरुद्ध ७ वटा, हिमा गाउँपालिका विरुद्ध ८ वटा, तिला गाउँपालिका विरुद्ध ३ वटा, गुठिचौर गाउँपालिका विरुद्ध २ , तातोपानी र पाताराशी गाउँपालिका विरुद्ध ४–४ वटा उजुरी परेका हुन् ।

हुम्ला
हुम्ला सात गाउँपालिकाध्ये सिमकोट विरुद्ध ५ , नाम्खाविरुद्ध २ , खार्पुनाथ विरुद्ध १ , सर्केगाड विरुद्ध २०, चंखेली विरुद्ध ८ , अदानचुली विरुद्ध १४ र ताँजाकोट गाउँपालिका विरुद्ध ५ वटा उजुरी परेका हुन् । स्थानीय तहविरुद्ध परेका कुल उजुरीमध्ये दुईसय ८५ वटा मात्रै फछ्र्याेट भएका छन् । बाँकी तीनसय ४२ वटा उजुरी छानविनकै क्रममा छन् ।

सुर्खेत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार सुर्खेतका नौं स्थानीय तहमध्ये भेरीगंगा नगरपालिका विरुद्ध मात्रै ३६ वटा उजुरी परेका हुन् । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाविरुद्ध ३०, पञ्चपुरी विरुद्ध दुई, गुर्भाकोटविरुद्ध ९ , लेकबेशी विरुद्ध ८ , बराह ताल विरुद्ध पाँच, चौकुने विरुद्ध ३ , चिङ्गाड र सिम्ता गाउँपालिका विरुद्धका ७ –७ वटा उजुरी परेका हुन् ।

दैलेख
दैलेखका स्थानीयतहमध्ये चामुण्डा विन्द्रासैनी नगरपालिकाविरुद्ध सबैभन्दाबढी र ठाँटिकाँध गाउँपालिका विरुद्ध सबैभन्दा कम उजुरी परेका छन् । तथ्याङ्क अनुसार चामुण्डाविरुद्ध २३ र ठाँटीकाँध विरुद्ध दुइ वटा मात्रै उजुरी परेका हुन् ।

त्यस्तै दुल्लु र आठविस विरुद्ध १०–१०, गुराँस विरुद्ध नौ, भगवतिमाई विरुद्ध पाँच, डुङ्गेश्वर विरुद्ध १८, नौमुले विरुद्ध २०, महावुविरुद्ध १२ र भैरवी गाउँपालिका विरुद्ध १५ उजुरी परेका हुनु ।

कालिकोट

कालिकोटका स्थानीय तहमध्ये सान्नी त्रिवेणी गाउँपालिका विरुद्ध सबैभन्दाबढी अर्थात २१, खाँडाचक्र नगरपालिका विरुद्ध ११, तिलागुफा गाउँपालिका विरुद्ध ३ , रास्कोट नगरपालिका विरुद्ध ८ , शुभकालिका गाउँपालिका विरुद्ध ६, नरहरीनाथ गाउँपालिका विरुद्ध ४ , पचालझरना गाउँपालिका विरुद्ध ६, पलाँता गाउँपालिका विरुद्ध १७ र महावै गाउँपालिका विरुद्ध चारवटा उजुरी परेका छन् ।

सल्यान
सल्यानको सिद्धकुमाख गाउँपालिका विरुद्ध ८ , शारदा, बनगाड, बागचौर नगरपालिका, र दार्मा गाउँपालिका विरुद्ध समान ५–५ , कुमाख, कपुरकोट र त्रिवेणी गाउँपालिका विरुद्ध २–२ , कालिमाटी चार र छत्रेश्वरी गाउँपालिका विरुद्ध एउटा उजुरी परेको हो ।

रुकुमपश्चिम

रुकुमपश्चिममा मुसिकोट नगरपालिका विरुद्ध सात वटा, चौरजहारी नगरपालिका विरुद्ध ६ वटा, आठविसकोट नगपालिका विरुद्ध र बाँफीकोट गाउँपालिका विरुद्ध १–१ वटा, त्रिवेणी गाउँपालिका विरुद्ध १४ वटा, सानीभेरी गाउँपालिका विरुद्ध सात वटा उजुरी परेका छन् ।

जाजरकोट

जाजरकोटमा भेरी नगरपालिका विरुद्ध १३, छेडागाड विरुद्ध १९, नलगाड विरुद्ध तीन, कुसे गाउँपालिका विरुद्ध सात, जुनिचाँदे गाउँपालिका विरुद्ध १५, बारेकोट र शिवालय गाउँपालिका विरुद्ध दुई–दुईवटा उजुरी परेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस