• २०८१ चैत्र १३ गते बिहिवार

अर्घाखाँचीका लोकप्रिय गायक तथा सर्जक खनालको चेतनामूलक तिज बजारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १७, काठमाण्डौं । तिज गित निकाल्ने लहर चलिरहेका बेला अर्घाखाँचीका लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले पनि हरेक बर्ष चेतनामूलक सन्देश दिने खालका तिज गित निकाल्दै आएका छन । यसपालि पनि खनालले जम्काभेट तिज गित बजारमा ल्याएका छन । खनालकै शब्द तथा लयमा आधारित जम्काभेट मौलिक तिज गीत हो । आज उक्त गितको जन सांस्कृतिक महासंघ केन्द्रीय कार्यालय काठमाण्डौ स्थित बागबजारमा एक समारोहका बिच बिमोचन गरिएको छ । जम्काभेट तिज गितमा आशा बिसी, चुमान काउछा मगर, मोतिराज खनालको स्वरमा सुमन सागर जंग केसी , बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल र केशब पाण्डे मुस्काने जेठाको जोडदार अभिनय रहेको छ । गितको बिमोचन जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई र महासचिब प्रेमनाथ अधिकारीबाट संयुक्त रुपमा गरिएको थियो । बिमोचन कार्यक्रममा कलाप्रेमी , पत्रकार तथा बिभिन्न क्षेत्रमा आबद्ध समाजसेबीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम संचालन ऋषिराम भुसालले गरेका थिए । https://youtu.be/WO_FQXHHZUo

प्रतिक्रिया दिनुहोस