अहिले विस्वभर कोरोना भाइरस संक्रमणको दोश्रो लहरको त्रास फैलिरहेको बेला सत्तारुढ नेकपा एमालेमा केही समयदेखि पार्टी भित्र केही झिना मसिना कुराहरुलाई लिएर शुरु भएको बहस हाल पार्टी विभाजनको संघारमा पुगेको छ । अहिले पार्टीभित्र केही कमी कमजोरीहरु होलान । नेपालमा भएका जति पनि पार्टीहरु छन ती सबै विभिन्न गुट र उपगुटमा विभाजित भएर पार्टी फुटाउने स्थितिसम्म पुगेकाले नै गणतन्त्र आउनुभन्दा अगाडि राजनीतिक स्थायित्व नभएको र युगानुकूलको परिस्थितिलाई मध्यनजर राखि पुर्ब एमाले र माओबादी पार्टी एकीकरण भई एउटा विशाल नेकपा पार्टी बनेको थियो ।
यसैको कारणले संघिय र प्रादेशिक चुनावमा भारी मतकासाथ विजय हाँसिल पनि गरेको थियो । केही समयपश्चात् नेकपा पार्टी भित्र विभिन्न गुटवन्दीले चरम सीमा नाघ्यो र यिनीहरुको एकता धेरै समय टिक्न सकेन । पछि नेकपा एमाले भित्र पनि विभिन्न गुटवन्दीको कालो वादल मडारिइरह्यो । गणतन्त्रप्राप्त गर्नुभन्दा अगाडिको सग्लो एमाले जव नेकपा माओवादीसँग मिलेर जानुपर्दछ भन्ने निचोडमा पुग्यो तव केपी वली नेतृत्वको सरकार गठन भएदेखि नै विभिन्न चरणमा विभिन्न आन्तरिक विवादको विषयलाई लिएर गुटवन्दी भ्यांङ्गिदै गयो र अन्ततः नेकपा पार्टी फुट्यो । पछि नेकपा एमाले भित्र पनि त्यहि रोग लाग्यो जुन रोग प्रचण्डसँगको सामिप्यतासँगै लागेको थियो ।
प्रधानमन्त्री केपी वली र अर्कोतिर माधवकुमार नेपालवीचको टकरावले नै एक इन्च तलमाथि गर्न नसक्ने वातावरण सिर्जना भयो र राष्ट्यि सभाको उपनिर्वाचनमा फरक मत राख्ने माधव गुट अनि प्रधानमन्त्रीले बैशाख २७ गते लिने भनिएको विश्वासको मतमा आफ्नै पार्टीका गुटगत सांसदहरुलाई मत नदिने धारण राखेपश्चात् एमालेको विवाद झन चरमत्कोर्षमा पुग्यो र हाल औपचारीकरुपमा पार्टी नफुटे पनि लगभग लगभग फुटको संघारमा पुगिसकेको छ
एकातिर प्रधानमन्त्री केपी वली र अर्कोतिर माधवकुमार नेपालवीचको टकरावले नै एक इन्च तलमाथि गर्न नसक्ने वातावरण सिर्जना भयो र राष्ट्यि सभाको उपनिर्वाचनमा फरक मत राख्ने माधव गुट अनि प्रधानमन्त्रीले बैशाख २७ गते लिने भनिएको विश्वासको मतमा आफ्नै पार्टीका गुटगत सांसदहरुलाई मत नदिने धारण राखेपश्चात् एमालेको विवाद झन चरमत्कोर्षमा पुग्यो र हाल औपचारीकरुपमा पार्टी नफुटे पनि लगभग लगभग फुटको संघारमा पुगिसकेको छ एमाले पार्टी । यतिखेर एकातिर प्रधानमन्त्रीले प्रतिनिधिसभा दोश्रोपटक भग गरी देशलाई चुनावमा धकेलेका छन् भने विपक्षी गठवन्दनले अदालतमा प्रतिनिधिसभा पुनः पुनस्थापनाको लागि रिट निवेदन दायर गरेको अवस्थामा अदालतमा मुद्या विचराधीन अवस्थामा छ । आज मात्र संवैधानिक इजलासको गठन पुनः गर्ने सहमति भएको छ । अर्कोतिर देशमा कोरोनाको दोश्रो लहरले जनजीवन आक्रान्त छ । त्यस्तै नेकपा एमाले भित्रको विवाद अव वाहिर सतहमा आउन मात्र बाँकि छ । यतिखेर प्रमूख प्रतिपक्ष दल नेपाली काँग्रेस कमजोर छ ।
त्यसैले त आफ्नो राजनीतिक संस्कारलाई विर्सेर फेरिपनि नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा विपक्षी केही गठवन्दनलाई लिएर प्रधानमन्त्रीको लागि परिक्षा दिएर वसेका छन् जुन कि अदालतले निकट भविश्यमा नै प्रधानमन्त्री वनाउने झिनो आशामा रुमलिएका छन् । बिगत लामो समय सत्तामा बसेर जनताको दैनिक आबस्यकता र देश बिकासको काममा सोचेनुरुप काम गर्न नसकेको कारणले नै जनताले नेपाली काँग्रेसलाई पाखा लगाएको कुरा नेपालका कम्युनिष्ट पार्टीलाई फलामे चिउरा चपाएजस्तो भएकोले नै अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएर छिन्न भिन्न अवस्थामा पुगेका छन् । त्यसमा पनि अलि परिपक्व बनेको नेकपा एमालेले त अतीतका ती राजनीतिक घटनाक्रमहरुलाई बुझ्नुपर्ने हो तर गुटवन्दीले मौलाएको सुटेडबुटेडहरको रवैयाले गर्दा अहिले नेकपा एमाले फुटको संघारमा छ । र यसले दीर्घकालिन असर त आम कार्यकर्ता तथा नेपाली जनतामा पर्छ नै । यसैनुरुप शुरुका दिनमा देश बिकासको रफतार जसरी अगाडि बढिराखेको थियो त्यसरी नै बिगत केही समयदेखि पार्टीको आन्तरिक मामिलामा अल्झिएर ब्यर्थको बहसमा दिन बिताइरह्यो नेकपा एमालेले । हाल कोरोनाको दोश्रो लहरले कयौं मानिसहरुको निधन भइसकेको छ भने कर्यौ मानिसहरु संक्रमित अवस्थामा छन् । अझैपनि जनजीवन अस्तव्यस्त छ ।
आम सर्बसाधारण मानिसहरुको दैनन्दिनी चल्न मुस्किल भइराखेको छ । भाारतीय नाकाबाट दैनिकजसो मानिसहरु जबर्जस्ती आइराखेका छन। सीमानामा अझैपनि भारतीयहरुको ज्यादतिले प्रहरीलाई नै ढुङा हानेर अस्तब्यस्त भइराखेको स्थिति छ । अझ खाडी ,युरोपियन र अमेरिकी मुलुकहरुबाट कयौं मानिसहरु नेपाल आउदैछन । तिनको ब्यबस्थापन गर्ने कुरामा त झन समस्या छंदैछ । यहि समयमा सरकारले अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको छ । विपक्षी गठबन्दनको धम्कीले वजेट कार्यान्वयनको असहज पाटोे एकातिर छ भने अर्कोतिर अहिलेको नोक्सानीलाई मध्यनजर राख्दै देशलाई आर्थिक अबस्थाबाट मुक्ति दिलाउनु पनि चुनौतीको बिषय छ । हुन त, विभिन्न देशले हाल नेपालको कोरानाको अवस्थालाई मध्यनजर राख्दै सहयोगी हातहरु अगाडि वढाइरहेका छन् । आशा गरौं निकट भविश्यमा नै आम जनताले कोरोना भ्याक्सिन लगाउन पाउनेछन् । देश लकडाउनमा भएकोले उत्पादनशील क्षेत्रहरु ओझेलमा परेका छन । अहिले प्रकृतिले नै नेपाललाई मात्र होइन विस्वलाई नै आक्रान्त पारिराखेको यो जर्जर अबस्थामा यस्ता कुराहरुप्रति सम्पूर्ण नेताहरु एकताको शुत्रमा बाधिएर सरकारले पनि बिपक्षी पार्टीहरुलाई पनि सहकार्यमा संलग्न गराई कोरोना बिरुद्दमा एक भई देश बिकास र जनताका दैनिक आबस्यकताका बिषयहरुलाई सम्बोधन गर्नुपर्ने अबस्थामा सत्तारुढ नेकपा एमाले नै व्यर्थमा रुमलिएर गुटवन्दीको घेरामा परिराखेको अवस्था छ ।
तसर्थ, यस्तो परिस्थितिमा आम मानिसले सोचिराखेका छन् कि देश यस्तो जटिल अवस्थामा गुज्रीराखेको छ तर नेताहरु भने यस्तो समयमा जनकल्याणकारी कार्य गरेर नाम कमाउनुपर्नेमा सँधै पद र कुर्चीको लागि लिगलिगे राजा दब्य शाह र लमजुङ्गका राजा नरहरी शाहको पालामा दौड प्रतियोगिताको रौनकमा सत्ता हत्याउने खेलमा लागि पर्नुले पक्कै पनि राजनीतिक नेताहरुले जनताको लागि खासै केही नगर्ने नै हुन । यी त खालि देश र जनताको लागि भन्दा पनि आफु र आफ्नाप्रति वफादार भई सात पुस्ताको लागि मात्र चिन्तन गर्ने रहेछन् भन्ने कुरा सर्वसाधारण जनताले बुझिसकेका छन् । र अवको चुनावमा पनि यसको परिणाम जनताले पक्कै पनि देखाइदिने छन् ।
त्यसैले अहिले गुटबन्दीमा लागेर कोठे बैठक गर्दै कुर्चीको लोभमा फँस्ने बेला होइन यो । अहिले त सबै एकजुट भई हरेक पार्टीका बिगतका साना मसिना गल्ती र कमजोरीहरुलार्ई सच्याउंदै बरु सरकारका अयोग्य मन्त्री तथा सल्लाहाकारहरु आदि परिवर्तन गर्नुपर्छ भने पार्टी एकमत भई हटाउन सकिन्छ तर शक्ति, सत्ता, पद र पावरको मातमा वर्तमान अबस्थामा गरेका यी बितन्डाहरुले नेकपा एमालेको भविस्य उज्वल नहुने कुरामा दुई मत छैन र अब आम कार्यक्रता र जनताले पनि दोषी चश्माको नजरले हेर्नुपर्ने हुन्छ १ अन्यथा “काशी जाने कुत्तिको बाटो, बिड तात्नुपर्ने ताप्केको साटो “नहोस १ देश र जनतालाई अहिले चाहिएको कोरोना नियन्त्रण, जनताको दैनिक आबश्यताको परिपुर्ती , यहि सरकारको निरन्तरता, दिगो बिकासको गति, सरकारको राम्रो मति, नै हो, न कि ब्यर्थको बहसमा बरालिने नेताहरुको आबश्यकता !