जेठ १८, काठमाडौँ । करेन्ट लागेर भक्तपुर १ र कपिलवस्तुमा १ गरी दुई जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्चरी हेल्थपोष्ट नजिक बस्ने ३० वर्षीया बिनिता श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
आफ्नै भान्छा कोठाको विजुलीको स्वीच बोर्डमा करेन्ट सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि मध्यपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बिरपुर बस्ने ३१ वर्षीय डिलबहादुर थापाको पनि करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने सोमलाल भूसालको घरमा रहेको सेलर मिलमा रहेको विजुलीको प्लग मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुद्धपोलिक्निक गोरुसिङगेमा उपचारका क्रममा मृत्यु भएको हो ।