• २०७९ माघ २४ गते मङ्गलवार

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ग्राहकहरुलाई व्याजमा छुट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८,काठमाडौँ। हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । आफना ग्राहकहरुको अफ्ठ्यारो समयको साथी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले अफठ्यारोमा सदा आफ्नो सहयोगी हात बढाउने परम्परालाई निरन्तरता दिदै आएको छ ।

यसै अनुरुप आफ्ना सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउने सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी हुने सबैलाई संस्थाले हार्दिक आभार समेत ब्यक्त गरेको छ । वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस