बैशाख १८, सुनसरी । सुनसरीको इनरुवाका कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । ८४ वर्षिया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षिय छोराको भने उपचारको क्रममा कोशी कोभिड अस्पताल बिराटनगरमा ज्यान गएको हो ।
सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रशासनले तीन दिनको अवधिमा आमा छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको जनाएको छ ।
मृतकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरु मध्ये केहिको अवस्था अझै जटिल रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।