बैशाख १८, काठमाडौं । जिल्ला सम्वनय समितिका प्रमुख एवं नेकपा एमाले क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर राज वैधले १५ वडा भित्र भइरहेको गतिविधि तथा कार्यक्रम निरीक्षण गर्नुभएको छ । नेकपा एमाले १५ वडा कमिटी तथा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले गरिरहेका जनचेतना मुलुक माइकिङ कार्यको निरिक्षण गर्नु भएको हो ।
नेकपा एमाले १५ वडा कमिटी तथा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले गरिरहेका जनचेतना मुलुक माइकिङ कार्य एकदमै सर्हानिय रहेको बताउनु हुदैं पार्टी र नेवाः मुस्लिम समाजको सहकार्यमा १५ वडाबासीहरुलाई निस्शुल्क एम्बुलेन्स सेवा प्रदान गरेको कार्य महानगरपालिका भित्र एक उदाहरणिय भएको बताउनु भयो । यस्ता कार्यक्रम अरु वडाका कमिटीले नेकपा एमाले १५ वडा कमिटी, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई हेरी सुरु गर्नुपर्ने बताउनु भयो ।
उहाँले १५ वडामा भइरहेको कार्यक्रमको चाहिने आवश्यक सामग्री उपलब्ध गराइदिने प्रतिबद्धता जनाउनु भयो । साथै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा परिचालित स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुनु भन्ने निर्देशन दिनुभयो।
उहाँले नेकपा एमाले काठमाडौं क्षेत्र नं ८ का सचिव उदय पसखल, नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले महानगर सदस्यहरु विजय पसखल, सदस्य लक्ष्मण शाही, उद्दब खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक,नेकपा एमाले महानगर सदस्य तथा नेवाः मुस्लिम समाजका अध्यक्ष निसार उद्दिन, नेकपा एमाले १५ वडा कमिटीका सदस्य राम कपाली, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सह-सचिव कपिल शाही खड्गी, सदस्यहरु अनिस महर्जन, दिलिप शाही लगायत सबै कमिटी परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।