• २०८१ चैत्र ३ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, हुम्ला । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका-३ बस्ने २७ वर्षीय पदम शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शाहीले चैत १३ गते दिउँसो स्थानीय खेतमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी चौकी छप्रेला ताजाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस