फागुन १७, मुगु । पछिल्लो समय मुगुका ग्रामिण भेगका केही स्थानीय लाई आफ्नो जीवन धान्न पनि हम्मे हम्मे हुने गरेको छ । विहान के खाऔ, बेलुका के खाऔं भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ । विहान खाऔं भने बेलुका पुग्दैन, बेलुका खाऔं भने विहान पुग्दैन । तर जसो तसो छाक टारेकै देखिन्छ ।
घरमा जहान परिवार भएका कतिपय यहाका स्थानीय लाई एक छाक टार्न पनि दिन भरि परिश्रम गरे पनि भनेको जति पुग्न सक्दैन । कर्णाली प्रदेशको मुगु जिल्ला भन्ने बित्तिकै गरिबीको रेखामुनि पनि रहेको देखिन्छ । तर यहाँका कतिपय नागरिक लाई रोजगारीको मुहार पनि छैन । भन्नुको मतलब अझै पनि यहाका स्थानीय साहु, तरकारी र कृषिको मुख्य आधारमा रहेको देखिन्छ । सदरमुकाम गमगढी बजारमा भेटिनु भएकी एक मजदुर महिला नानिकला नेपाली उनी भन्छन् “साहुले हातको मुठ्ठी खोले हामि बाच्छौ, साहुले हातको मुठ्ठी बन्द गरे हाम्रो मुख पनि बन्द हुन्छ ।” नेपालीले भनिन् ।
मजदुर नेपाली मात्र होईनन यहाका कतिपय बालवालिका लाई पनि यस्तै कथा रहेको पाईएको छ । छायानाथ रारा नगरपालिका वडा नं ५ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयकि कक्षा ७ मा अध्यनरत छात्रा श्रृष्टि कार्की आफ्नो पढाई खर्च लाई जुटाउन विहान बेलुका पख सदरमुकाम गमगढी बजार धाउने गरेकि छन् । घरमा आर्थिक अवस्था कमजोर भएको र भरमा पनि पढाई खर्च जुटाउने नदेखे पछि आफैले उत्पादन गरेको तरकारी साथ, धनिया लगायत दर्जनौ प्रकारका तरकारी बेचेरै पढाई खर्च धानेको उनले सुनाईन ।
उनले भनिन म विहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्नै तिरै समय दिने गरेको बताईन । आफुलृ यति समय नदिऊ भने मेरो पढाई खर्च आउदैन उनले भनिन , यो साग बेचे पछि एक मुठाको ५ देखि १० रुपैया सम्म आम्दानि हुन्छ , एक डोका बाट करिब १ सय देखि ५ सय सम्म मात्र कमाई हुने बताईन । यसै साग बेचेरै आफुले पठनपाठनमा ठुलो सहयोग मिलेको कार्किले आफ्नो अनुभव सुनाइन ।
“घरमा बुवा आमा बुढा हुनुहुन्छ कमाउने मान्छे पनि कोही छैनन् । जसो तसो भए पनि विगत देखि हाल सम्म यसरीनै पढाई खर्च टार्दे आईरहेको बताईन” उनले थपिन । शनिवारको दिनमा सरसफाई गर्ने, विद्यालयमा दिएका गृहकार्य गर्ने र साथीहरुसँग खेल्ने कुरा त परै जावस श्रृष्टि जस्तै धरै बालवालिका लाई खेल्नको चिन्ता होईन कि कापि कलम कसरी जुटाउने भन्ने चिन्ताले बढि पिरोल्ने गरेको सोही विद्यालयमा अध्यनरत एक विद्यार्थीको भनाई छ । ति विद्यार्थीले भने पढाई लाई पनि पछाडी राखि पढ्ने कुरामा आवश्यक पर्ने स्टेशनरीका सामानहरु लाई जुटाउन विद्यालयको समयलाई पनि अनुकुल मिलाई साग बेच्ने गरेको हो ।