• २०८१ असोज २४ गते बिहिवार

स्वर्गद्वारी आश्रममा आगोलागी, एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

फाल्गुन १७, प्यूठान। धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा रहेको गाई गोठमा आगोलागि हुदा एक जना १५ बर्षिय बालकको मुत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आईतबार साँझ आगलागी हुँदा स्थानीय टिके बिकको छोरा हेमे बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवि प्रसाद गैह्रेले जानकारी दिनुभयो।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ । गोठमा बालक गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी निरीक्षक गैह्रेले भन्नुभयो, “आगलागी कसरी भयो भन्ने पनि खुलेको छैन, अनुसन्धान गर्दै छौँ । यस्का साथै आश्रमका गाईहरुको लागि स्थानीयबाट संकलन गरि राखिएको १४ सय भारि खर पनि पुर्ण रुपमा जलेर नष्ट भएको छ। आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले गोठ जलेर पुरै खरानी भएपछी आश्रममा पालिएका करिब ६ सय गाई खुला चौरमा राखिएको जानकारी दिनुभयो । ‘गाईलाई २ महिना पुग्ने खर जलेर ध्वस्त भयो,’ उहाले भन्नुभयो। गाईलाई खुल्ला चौरमा छोडेका छौँ । आगलागीबाट करिब ७० लाख रुपियाँ बराबरको नोक्सानी भएको आश्रमले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस