फागुन १७, काठमाडौँ। मन्त्रिपरिषदको आज बसेको बैठकले संसद् अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको छ । सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय आज गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिएन । यसअघि फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि राष्ट्रपतिसमक्ष त्यो सिफारिस पुगेको थिएन । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।