माघ १९,धादिङ। धादिङको थाक्रे गाउँपालिका- २ कोइरालेमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् । गएराति साढे ३ बिग्रिएर सडक छेउमा रोकेर राखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मृत्यु भएका दुई जनाको परिचय खुलेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अर्का ट्रक चालक भने सामान्य घाइते भएका छन् ।