• २०८१ असोज १ गते मङ्गलवार

म्यानमारकी नेतृ सूकीलगायत शीर्ष नेताहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, म्यानमार। वर्मामा सेनाले नेतृ आङ सान सू कीसहित अन्य प्रजातान्त्रिक नेताहरूलाई पक्राउ गरेको छ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको हो ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू कीलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको थियो । सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको थियो ।

पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू कीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको बताएका छन् । बर्माको राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएका छन । बर्माको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस