• २०८१ असोज २४ गते बिहिवार

एनआईसी एशिया लघुवित्त वित्तीयको संचालक समितिमा स्वतन्त्र संचालकको नियुक्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौँ। कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले मिति २०७७/१०/१६ गते बसेको १०२ औँ संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको साथै बैंकिङ क्षेत्र सँग सम्बन्धित विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएका छन् ।

संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए । यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस