• २०८१ साउन ३ गते बिहिवार

काभ्रेपलाञ्चोकबाट गाई काट्ने ६ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १७, काभ्रेपलाञ्चोक । गाई काटेको अभियोगमा महाभारत गाउँपालिका-१ गोकुले बस्‍ने ५३ वर्षीय रत्‍न बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

गाई काटेको भन्‍ने खबर प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस