• २०८१ चैत्र ५ गते बुधवार

कृषि क्षेत्रबाटै युवालाई आत्म निर्भर बनाउने मालिकाको लक्ष्य

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष १६ मुगु । हिमाली जिल्ला मुगुका स्थानीय युवा वर्गहरु लाई कृषि क्षेत्र बाटै सम्बृद्धि बनाउने जिल्लाको एक गैरसरकारी संस्थाको लक्ष्य रहेको छ । रोजगारीको मुहार नदेखेका यहाका युवाहरु लाई विभिन्न प्रकारका व्यवसायिसिप, उद्यमी र कृषि क्षेत्र बाटै रोजगारीको मुहार उजल्ने मालिका सामुदायिक संस्थाको लक्ष्य रहेको छ ।

विगत ३ वर्ष देखि कृषि क्षेत्र सँगै अन्य क्षेत्रमा काम गर्दे आएको यस मालिका सामुदायिक मुगुले कृर्षि क्षेत्र बाटै युवा लाई सम्बृद्धि बनाउने उद्देश्य रहेको मालिका सामुदायिक विकास केन्द्र मुगुले जनाएको छ । टि.डि.एच. बि ,एम ,जेड, जर्मन को आर्थिक सहयोग, हुरेन्डेक नेपालको कार्यान्वयन मा र मालिका सामुदायिक बिकास केन्द्र मुगु को सहजीकरण तथा ग्रामीण हिमाली क्षेत्रमा दिगो जिबिकोपार्जन तथा जैबिक बिबिधता संरक्षण परियोजना (सुलभ) द्धारा संचालित बुधवार एक कार्यक्रमका बिच मुगुका पत्रकारलाई जैबिक विविधता सम्बन्धि एक दिने अभिमुखिकरणमा यस्तो जानकारी गराईएको हो ।

यो केन्द्रले जिल्ल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाका वडा नं १, २, ४ मा विशेष गरेर ग्रामिण भेगा युवाहरु लाई कृर्षि क्षेत्र अन्तर्गत बृक्षारोपण , अन्य फलफुलका विरुवाहरु लाई विरतरण गरि उसै बाट आयआर्जन बढाई युवाहरु लाई कृषि क्षेत्र बाटै सम्बृद्धि बनाउने लक्ष्य रहेको मालिका सामुदायिक विका केन्द्र मुगुका जिल्ला संयोजक सुर्य बहादुर रोकायाले बताए । उनका अनुसार सो वडामा ४ हजार ९ सय वटा सुन्तलाका विरुवा वितरण गरेका छौ त्यहि सुन्तालाका विरुवा बाट यहाका युवाहरुले व्यवसायि गरे आत्म निर्भर बन्ने बताए । कर्णालीका ३ जिल्लामा सञ्चालित यस संस्थाले विभिन्न प्रकारका व्यवसायि मुलक कार्यक्रम तथा युवाहरु लाई क्षमता विकासका विषयमा काम गरि रहेको उनको भनाई रहेको छ ।

रोकायाले भने समुदायको जिवनयापन सुधार र नेपालमा जैविक विविधतामा टेवा पुर्याउनु सुलभ परियोजनाको अपेक्षित परिणाम रहेको बताए । मुगुमा यस परियोजनाले वनजंगल संरक्षण, बृक्षारोपण, बायोग्यास सम्बन्धि स्थानीय स्तरका नागरिकहरुलाई जानकारी दिई समुदाय स्तरमा बाल क्लब,युवा क्लबलाई वातावरण संरक्षणमा लगाएको बताए । उनले भने समुदायहरुको जिविको पार्जन, प्राकृतिक श्रोत तथा संरचनाको दिगो उपयोग गर्ने गर्नेमा शुलभ परियोजनाले महत्त्वपूर्ण शिक्षा दिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस