• २०८१ जेष्ठ ३१ गते बिहिवार

दाङमा कात्तिक १६ देखि विद्यालयहरु खोल्ने

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, दाङ । दाङको बबई गाउँपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले असोज २४ गतेदेखि अनिश्चितकालका लागि य बन्द गरेको शिक्षण सिकाई क्रियाकलाप यही १६ गते आइतबारदेखि सञ्चालन हुने शिक्षा शाखाले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।

स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलप सञ्चालन गर्न गाउँपालिका अन्र्तगत पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको छ । त्यस्तै बंगलाचुली गाउँपालिकाका विद्यालय पनि कार्तिक १६ गते आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस